५ मंसिर, दमक ।
झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा मध्यान्न १२ बजेपछि मत गणनासुरु भएको छ ।
आज सोमबार मध्यान्नपछि मतगणना कार्य सुरु भएको हो ।
आइतबार अबेरसम्म मतपेटिका रुजु गर्नुपरेकोले सोमबारबाट ढिलोगरी गणनाथालिएको निर्वाचन कार्यालय स्रोतले जानकारी दिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लडेको क्षेत्र भएकाले पनिदेशैभर झापा ५ को मतपरिणाम बारे आम मानिसले चासो व्यक्त गरिरहेका छन् ।
ओलीसँग सत्ता गठबन्धनका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी मुख्य चुनावीस्पर्धामा छन् ।
त्यस्तै लेखक एवम् विश्लेषक युग पाठकले पनि यसै क्षेत्रबाट चुनाव लडेका छन् ।जसपाकी ओम माया आङ्देम्बे, जनमुक्तिका पदम जबेगु, राष्ट्रिय स्वतन्त्रकासुरेश पोखरेल, स्वतन्त्रबाट भेषराज भट्टराईलगायत उम्मेद्वार छन् ।
प्रदेश सभा (१) मा एमाले स्थायी समिति सदस्य पूर्व प्रदेश आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्की र गठबन्धनका जीवन राईबीच कडा प्रतिस्पर्धा छ ।
जसपाका लक्ष्मी लिम्बू, संघीय लोकतान्तृक राष्टृय मन्चका सूर्य योक्पाङदेन, जनमुक्तिका कैलाश मगरलगायत स्पर्धामा छन् ।
त्यस्तै प्रदेश सभा (२) मा एमालेका होम थापा र गठबन्धनबाट रेवतराज पुरीबीचजित हारका निम्ति प्रतिस्पर्धा छ ।
जसपाका सुदिप राई, मन्चका धनराज लिम्बू, स्वतन्त्र उम्मेद्वारहरु धिरज बज्रचार्य, तीर्थ नेपाल लगायत चुनावी स्पर्धामा छन् ।