६ मंसिर, दमक ।
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्य्क्ष केपी शर्मा ओलीको अग्रता ५ हजार भन्दा बढी देखिएको छ ।
पछिल्लो २६ हजार ५ सय १३ मत गनिसक्दा प्राप्त परिणाम अनुसार ओलीले १३ हजार २ सय ७८ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी ७ हजार ७ सय ५ मत पाएका छन् ।
राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले २ हजार ३ सय २८ मत पाएका छन् ।
जनमत पार्टीका भीम राजवंशीले १ हजार ४४ मत पाएका छन् भने प्रतिनिधि सभातर्फ २५ जना उम्मेद्वार मध्ये सय मत कटाउनेमाजसपकी ओ म माया आङ्देम्बे छिन् । उनले १ सय ८ मत पाएकी हुन् ।
प्रदेश सभातर्फ दुवै क्षेत्रको मतगणना सुरु गर्न लागेको निर्वाचन कार्यालयले जनाएको छ ।
१ हजार ५ सय ३७ मत बदर भएको आयोगले जानकारी दिएको छ ।
झापा ५ मा १ लाख २ हजार १ सय ५० मत खसेको आयोगको भनाइ छ । पछिल्लो २४ घण्टामा २५ प्रतिशत बढी मतगणना भएको हो ।