adv

ओली जितमा दोहोरिएको संयोग : उही प्रतिस्पर्धी, समान मतान्तर

८ मंसिर, दमक ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन् ।

आफ्ना प्रतिस्पर्धी गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीलाई भारी मतले पछि पार्दै ओलीले सहज जित निकालेका हुन् ।

ओलीले ५२ हजार ३ सय १९ मत पाएर चुनाव जित्दै गर्दा अधिकारीले २३ हजार ७ सय ४३ मत पाए । दुईबीचको मतान्तर २८ हजार ५ सय ७६ रहेको छ ।

२०७४ मा पनि अध्यक्ष ओली र अधिकारी आमनेसामने भएका थिए भने उनीहरुबीचको मतान्तर २८ हजार ८ सय ४२ रहेको थियो ।

ओली झापा आउँदै

यसैबीच ओली बिहीबार बिहान गृह जिल्ला झापा आउने भएका छन् ।

निर्वाचन जितेसँगै ओली गृह जिल्ला आउन लागेका हुन् ।

‘पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाटका लागि अध्यक्ष ओली झापा आउन लाग्नु भएको हो’, एमाले स्रोतले भन्यो ।

आफूसहित झापा २ बाट एमाले नेता देवराज अधिकारी विजयी भएका छन् भने झापा ४ मा पनि एमालेका उम्मेद्वार एलपी साँवाको अग्रता जित नजिक रहेको छ ।

त्यसैगरी चुनावी तालमेलमा रहेको राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन पनि जित निकाल्ने होडमा कांग्रेसका हेबीवेट उम्मेद्वार कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धामा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु