८ मंसिर,विर्तामोड । वीरता लेडी जेसीजले १५ वर्ष पछि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएको छ।
निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यलाई वीरता लेडी जेसीजले नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेद्धार बनाएको हो।
आउँदो पुष ७ देखि १० गते सम्म वीरगन्जमा हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा आचार्यले उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने संस्थापक अध्यक्ष शारदा रिजालले जानकारी दिईन।
सन् २००४ मा स्थापित वीरता लेडी जेसीजको इतिहासमा सन् २००७ मा देबी भण्डारी ले राष्ट्रीय उपाध्यक्ष पदमा विजय हासिल गरेकी थिइन्।
सन् २०१० मा वीरता लेडी जेसीजमा प्रवेश गरेदेखि सक्रिय भूमिका निर्वाह गर्दै २ पटक उत्कृष्ट जेसी अवार्ड बाट सम्मानित आचार्य गत वर्ष सन् २०२१ की शाखा अध्यक्ष हुन्।
आफ्नो कार्यकालमा विभिन्न रचनात्मक र दीर्घकालीन कार्यकमको सुरु गरेकी आचार्य गत वर्ष नेपाल जेसीज बाट धेरै वटा विधामा सम्मानित समेत भएकी थिइन् ।
प्राध्यापक,संचारकर्मी तथा प्रशिक्षक आचार्यलाई अमूल्य मत दिई विजय गराइदिनु हुन वीरता लेडी जेसीज परिवारले नेपाल भरिका सबै जेसीजहरुलाई आग्रह समेत गरेका छन्।