हाटखोला सुनसरीको विजयी सुरुवात
सरिता राई, मंसिर ९, माङसेबुङ ।
इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले विजयी सुरुवात गरेको छ ।
माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङगाउँपालिका इलामलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले हराउदै सुनसरीले बिजयी सुरुवात गरेको हो ।
दुबै टिमबाट थुप्रै गोल गर्ने अवसरहरु प्राप्त भएपनि निर्धारित समयमा खेल गोल रहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमाधकेलिएको थियो ।
सुनसरीका गोलकिपर सौरभ बराल म्यान अफ दि म्याच चुनिएका थिए ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९औं जन्मोत्सव तथा पवित्रहाङमा साँवा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजितआत्मानन्द कप अन्तरगत भोलि शनिबार जलथल फुटबल क्लव झापा र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङबिच हुने आयोजकआत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले जानाकारी दिइन्।
प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेकोसचिव राईले बताईन् ।
विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ ।
आत्मानन्द कप २ वर्ष यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमाआयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमारहेको छ ।
सरस्वती मा. वि. का बिधार्थीहरुको मार्चपाससँगै सुरु भएको उद्घाटन खेल माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुखआतिथ्यमा सम्पन्न भएको थियो ।
आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।