adv

निर्वाचनको नतिजाले संघर्षको यात्रा रोकिँदैन – उपेन्द्र यादव

१० मंसिर, दमक

जनता समाजवादी ,नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको नतिजाले सङ्घर्ष यात्रालाई कुनै असर नपार्ने बताएकाछन्

चुनावी परिणामपछि मौन बसेका यादवले आज शनिबार समजिक सन्जालमार्फत आफ्नो प्रतिकृया सार्वजनिक गर्दै यस्तो बताएकाहुन्

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् -‘एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमालागिरहने छौँ बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् सशक्त हुने विश्वास दिलाउन चाहन्छु

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा सप्तरी क्षेत्र नम्बर बाट प्रतिस्पर्धा गरेका अध्यक्ष यादव पृथकतावादीआन्दोलनबाट चर्चा बटुलेका जन मत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर भन्दा बढी मतले पराजित भएका हुन्

यादवले निर्वाचनमा सहभागी मतदाता, राजनीतिक दल नेताहरू, निर्वाचन आयोगका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथापर्यवेक्षक, आफ्ना समर्थक युवा कार्यकर्ता, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्ने गायक तथा संगीतकर्मीलगायत सबैमाविशेष धन्यवाद भनेका छन्

प्रतिनिधि सभा प्रदेश सभाबाट निर्वाचितहरुलाई बधाइ ज्ञापन गर्दै अध्यक्ष यादवले लेखेका छन् -‘चुनावमा भएका आन्तरिक बाह्यषड्यन्त्रको सुईको मैले पनि पाएको छु यसको पनि मूल्याङ्कन हुने नै , कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ नव निर्वाचित जन प्रतिनिधिहरूलाई हाम्रोसाथ सहयोग रहने नै सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यक्त गर्दछु

बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन नसकेकोमहसुस गरेर नै आफूले मधेस विद्रोहको नेतृत्व गरेको स्मरण गराउँदै यादवले भनेका छन् – ‘संविधान सभा भित्र बाहिर रहेर देशकोसम्पूर्ण वर्ग समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राख्यौँ त्यही सङ्घर्षकोउपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो, नत्र यो पनि सम्भव थिएन आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो

अहिलेको संविधान त्रुटिपूर्ण रहेको संविधानमा असमानताहरू रहेका छन् भन्दै यादवलेअझै पनि सङ्घीयता वास्तविक रूपमासङ्घीयता जस्तो हुन सकेको छैनभनेका छन्

प्रदेशलाई अधिकार सम्पन्न बलियो बनाउन आवश्यक रहेको जिकिर गर्दै उनले संविधानले अझै पनि गलत शासकीय स्वरूपलाईअँगालेको निर्वाचन प्रणाली विकृतिमूलक रहेको आरोप लगाएका छन्

जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने, विभिन्न जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्नुपर्ने, बहुभाषिकनीति अवलम्बन गरी अभ्यासमा ल्याउनु पर्ने, न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना निर्माणका लागि संविधानसंशोधन परिवर्तनका लागि जसपाले संघर्ष जारी राखेको यादवको भनाइ

उनले लेखेका छन् -‘बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूतआवश्यकताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ रहने छौँ अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण बाँकीकोलागि सङ्घर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु