adv

देउवालाई प्रम हुने बाटो खुला

६ पुष, दमक ।

कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले बाजी मारेका छन्

आज बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्दै विजयी हासिल गरे भने उनलाई संसदीय दलमा टक्कर दिन प्रत्यासीबनेका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरे  

निर्वाचन सकिए लगत्तै सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतगणना सुरु भएको थियो

निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका थिए  

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएकाथिए  

देउवाको पक्षमा कांग्रेस नेता रामचन्द्र पौडेल लगायत थिए भने थापाको पक्षमा कांग्रेसको कोइराला विरासत बोकेका डा. शेखरकोइराला, युवा पुस्ताका नेताहरु धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदिप पौडेललगायत खुलेर लागेका थिए

यससँगै संसदीय दलको नेतामा आफू विजयी भएमा प्रधानमन्त्री पदका लागि दावी गर्ने कांग्रेस महामन्त्री समेत रहेका थापाकोसम्भावना टरेको भने संसदीय दलमा निर्वाचित भएसँगै देउवाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने सम्भावना थपबलियो बनेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु