७ पुष, दमक ।
शान्तिनगर फुटबल क्लब सुनसरी झापाको दमक ३ बेलडाँगीमा जारी प्रथमअन्तरराष्ट्रिय आमन्तृत जय हुँमागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताकोअन्तिम ४ मा पुगेको छ ।
बिहीबारको खेलमा पथरी शनिश्चरे (पुनर्वास) मोरङलाई टाई ब्रेकरमा पाखालगाउँदै शान्तिनगरले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
टाई ब्रेकरमा पथरी शनिश्चरेलाई ३–२ ले स्तव्ध पार्दै शान्तिनगर सुनसरीलेअगाडिको यात्रा कायमै राखेको हो ।
खेल अवधिभर दुवै टीमले पाएका राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् ।
खेलको मेन अफ दी म्याच शान्तिनगरका गोल किपर प्रविजय गच्चेदार भए ।उनले नगद ५ हजार, मेडल र मायाको चिनो प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल स्थानीय बी वाई सी बेलडाँगी झापा रक्यामरुनको एभेनियर फुटबल क्लबबीच हुने आयोजक जय हुँमागाईफाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भनेउपविजेतले नगद ३ लाख सहित प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, हाई स्कोरर र गोल किपरले हजार्जनही नगद २५ हजारका दरलेपुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विभिन्न ८ टीम सहभागी छन् ।


