adv

क्रिसमस डे (येशु ख्रीष्टको जन्मोत्सव) का अवसरमा शुभकामना आदनप्रदान

पुष, दमक

झापाको दमकमा बुधबार इसाई धर्मावलम्बीहरुलेतथासम्मान कार्यक्रम सम्पन्न गरेका छन्

येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई समाजले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिकसम्मान कार्यक्रम अघि बृहत् शान्ति र्याली आयोजना गरिएको थियो

सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश नम्बर का प्रदेश प्रमुख पशुराम खापुङले सबै जातजाति, धर्म संस्कृतिकोउचित संरक्षण, प्रवर्द्धन विकासको लागि सरकारले नीति, बजेट कार्यक्रम तर्जुमा गरेको धारणा राखे

सबै जातजाति, धर्म, संस्कृति, मूल्य, मान्यता अस्तित्वलाई आत्मासाथ गरी आपसमा प्रेम, सदभाव मानसम्मानलाई कायमराख्नुपर्नेमा प्रदेश प्रमुख खापुङको जोड थियो

जातीय, धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक लगायत अनेक विविधता रहेको मुलुक नेपालको निम्ति सबैको अस्तित्वलाई साझारूपले स्वीकार गर्न सके विविधता नै बरदान हुने उनको भनाइ थियो

कार्यक्रममा ९१ वर्षीया बिष्णुमाया बस्नेत ९३ वर्षीय प्रेम लामालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएकोथियो

इसाई समाजले क्रिसमस डे (येशु ख्रीष्टको जन्मोत्सव) को अवसर पारेर हरेक वर्ष दमकका जेष्ठ नागरिकलाई सम्मान गर्दै आइरहेको

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा ख्रीष्टमस डेको शुभकामना आदानप्रदान तथा जेष्ठनागरिक सम्मान कार्यक्रम भएको थियो

कार्यक्रमका संयोजक दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा इसाई समाज प्रदेश का सल्लाहकार पाष्टर राजकुमारनाछिरिङ राईले स्वागत गरेको कार्यक्रममा बि.आई.सी चर्च बिराटनगरका रेभ डाक्टर शेमलाल हेमब्रोङले येशु ख्रीष्टको शुभजन्मोत्सव बारे प्रकाश पारेका थिए

कार्यक्रमको उद्घाटनको अवसरमा रेभ एन.डी थुलुङ राईले प्रार्थना गरेका थिए भने विभिन्न मण्डली चर्चका कलाकारहरुलेमनोरञ्जनात्मक गीत नृत्य प्रस्तुत गरेका थिए

कार्यक्रममा दमक नगरपालिकाका वडा नम्बर का वडा अध्यक्ष एवम् दमक नगरपालिकाका कार्यवहाक प्रमुख भीम बहादुर पौडेल, अन्तर धार्मीक महासञ्जालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, मोरङको जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन हेमब्रोङ, दमक रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, जेष्ठ नागरिक प्रष्ठिानका अध्यक्ष सिताराम खतिवडालगायत अतिथि सहभागी थिए

शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा पाष्टर कुमार तामाङको सञ्चालन रहेको थियो भने मनोरञ्जनात्मक कार्यक्रमदमक नगर इसाई युवा संगठनका अध्यक्ष सुरज लिम्बूले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु