८ पुष,काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज (शुक्रबार) हुदैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।
जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई)बाट सविना योङहाङ, टिम राजु (राजु लामा)बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी)बाट शाहिल लिम्बू छन् ।
दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।