९ पुष, दमक ।
आयोजक बीवाईएससी अमेरिका झापाको दमक ३ बेलडाँगीमा जारी आमन्तृतजय हुँमागाई स्मृति गोल्ड कप फchaaramप्रतियोगिताको सेमीफाइनल प्रवेश गरेकोछ ।
दार्जिलिङको युके फुटबल क्लबलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पाखालगाउँदै आयोजक बीवाईएससी अमेरिका अन्तिम ४ मा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा १–१ बराबरी खेलेको बीवाईएससीले टाई ब्रेकरबाटकठिन जित निकाल्दै सेमी फाइनल यात्रा तय गरेको हो ।
जितसँगै उसले शान्तिनगर फुटबल क्लब सुनसरीसँग दोस्रो चरणको भेट पक्कागरेको छ ।
खेलको १८ औँ मिनेटमा दार्जिलिङका जर्सी नम्बर १७ का खेमराज भुजेललेटीमका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा आयोजक टीमका जर्सी नम्बर २० थोमससेकोरले गोल गर्दै खेल बराबरी गरेका थिए ।
दोस्रो हाफको खेल अवधिभर दुवै टीमले गोल गर्ने प्रयास गरे पनि सफल हुनसकेनन् । फलत: खेल टाई ब्रेकरमा धकेलिएको थियो ।
शनिबारको खेलमा बीवाईएससीका गोलकिपर पुजन थापामगर मेन अफ दीम्याच भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे ।
प्रतियोगिताअन्तरगत भोलिबाट सेमीफाइनलका खेल सुरु हुनेछन्।
भोलिको पहिलो सेमीफाइनल खेल सह्लेश युवा क्लब सिरहा र एभनिर फुटबलक्लब क्यामरुनबीच हुने आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टले जनाएको छ ।


