
९ पुष,माङसेबुङ/ईलाम । नेकपा माओवादि केन्द्र जनवर्गिय संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन माङसेबुङको तेस्रो विस्तारित बैठक शनिवार सम्पन्न भएको छ । माङसेबुङ-३ स्थित चतुरे बजारमा एअनेशि संगठन माङसेबुङ अध्यक्ष शक्ति साँबाको अध्यक्षता औपचारिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादि केन्द्रका प्रदेश १ सदस्य प्रभास शर्माले राष्ट्रिय राजनीति लगायत विषयमा मन्तव्य राखेका थिए । त्यसैगरि विशिष्ट अतिथिहरु पार्टि प्रदेश सदस्य तथा जनप्रतिनिधि माङसेबुङ-३ वडा अध्यक्ष जनम खम्बु, एअनेशि संगठन इलाम अध्यक्ष उमाकन्त भट्टराई, अतिथि हरु एअनेशि संगठन इलाम सचिव अमृत योङहाङ, एअनेशि संगठन इलाम कोषाध्यक्ष लोक बहादुर लिम्बु, नेकपा माओवादि केन्द्र माङसेबुङ अध्यक्ष प्रिथिमान चवेगु, नवनिर्वाचित जनप्रतिनिधि माङसेबुङ-१ वडा अध्यक्ष भुपाल योङहाङ लगायतले मन्तव्य राखेका थिए ।
‘सम्पूर्ण मुक्तिकामि शिक्षकहरु एक जुट होऔ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेकपा माओवादि केन्द्रबाट निर्वाचित वडा अध्यक्षहरु माङसेबुङ-३ का जनम खम्बु र माङसेबुङ-१ का भुपाल योङहाङलाई सम्मान तथा बधाई ज्ञापन गरेको थियो । संगठनका इलाम सदस्य रत्ना लावतिले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बल बहादुर काफ्लेले गरेका थिए ।

