१० पुष, दमक ।
विदेशी टोली एभनिर फुटबल क्लब क्यामरुनलाई १–० गोलले पाखा लगाउँदै सह्लेश युवा क्लब सिरहा झापाको दमक ३ बेलडाँगीमाजरी आमन्तृत जय हुँमागाई स्मृति गोल्ड कप फुट्बल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
आज आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सह्लेशका जर्सी नम्बर १६ अजय मार्टिनले खेलको ४८ औँ मिनेटमा गोल गर्दैटीमलाई अग्रता दिलाएका थिए । उनको त्यही गोल क्यामरुनी टोलीको हारको लागि पर्याप्त बन्यो ।
खेल अवधिभर उत्कृष्ट बचाउ गरेका सह्लेशका गोल किपर पुजन होना मेन अफ दी म्याच भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे ।यद्यपि डिएरियाभित्र टाइम किल गर्न खोज्दा उनी रेफ्री श्याम दनुवारको कारबाहीमा परे र पहेँलो कार्ड खाए ।
खेल अवधिमा दनुवारले प्रतियोगितकै सर्वाधिक पहेँलो कार्ड देखाएका थिए ।
फाइनल प्रवेशका लागि दुवै टीमबीच कडा भीडन्त भए पनि खेल अनुशासन तोड्ने क्रम भने बारम्बार दोहोरिएको थियो ।
प्रतियोगिताअन्तरगत भोलि सोमबार हुने दोस्रो तथा अन्तिम सेमीफाइनल खेल सुनसरीको शान्तिनगर फुटबल क्लब र बीवाईएससीमिन्नेसोटा अमेरिकाबीच हुने आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टले जानकारी दिएको छ ।
भोलिको खेलको विजेताले उपाधिको लागि सह्लेश सिरहासँग पुष १३ गते अन्तिम स्पर्धा गर्नेछ ।
प्रतियोगिताका विजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३ लाखसहित पुरस्कारमा चित्त बुझाउने छन्।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोल किपर र अधिक गोलकर्ता खेलाडीले जनही नगद २५ हजारका दरले पुरस्कार पाउने छन् ।


