adv

जसपाले डाक्यो केन्द्रीय कार्यकारिणी बैठक

१४ पुष, दमक ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।

पुष्पकमल दाहाल नेतृत्वमा नयाँ संयुक्त सरकार बनेसँगै सरकारमा सहभागी हुने लगायत राजनीतिक विषयहरुमा छलफल गर्नजसपाले आफ्नो कार्यकारिणी बैठक पुष १६ गते लाई डाकेको हो ।

चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका विषयमा छलफल गर्न र निर्णय लिन भन्दै जसपालेयसाघि नै राजनीतिक समितिको बैठक पुष १८ र १९ गतेका लागि डाकिसकेको छ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक कार्यकारिणी बैठकडाकिएको प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका छन् ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु