adv

होटल व्यवसायीको १४ औँ साधारण सभा सम्पन्न

१५ पुष, दमक ।

होटल व्यवसायी संघ दमक नगर समितिको १४ औं   वार्षिक साधारण सभाशुक्रबार सम्पन्न भएको छ ।

दमक २ स्थित दमक फन पार्कमा सम्पन्न साधारण सभाकै अवसरमा बनभोजकार्यक्रम सहित विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएको संघका सचिव भुपेन्द्रन्यौपानेले जानकारी दिए ।

सो कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापालेदमक क्षेत्रका होटल व्यवसायीहरुको माग र समस्या समाधानका लागि आफूलेछिट्टै छलफल चलाउने बताए ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, सामाजिक संघ संस्थाकाअगुवाहरु,  होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतनेताहरुको सहभागिता रहेको थियो ।

संघका नगर अध्यक्ष योगराज दंगालको अध्यक्षतामा सम्पन्न साधारण सभाकार्यक्रममा दमक क्षेत्रका होटल व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु