२२ पुष, दमक ।
दमक अस्पतालभित्र देखिएको वेथिति १५ दिन भित्र हल गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक नगर समितिले चेतावनी सहित अल्टिमेटम दिएको छ ।
बिहीबार दमक नगरपालिकाका प्रमुख राम थापालाई ज्ञापन पत्र बुझाएर माओवादी केन्द्रले यस्तो चेतावनी दिएको हो ।
अस्पतालभित्र देखिएका समस्या हल नगरे त्यसविरुद्ध आन्दोलन गर्ने माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमले बताएकाछन् ।
अस्पतालमा देखिएको अस्तव्यस्त अवस्था तत्काल सुधार गर्न ध्यानाकर्षण गर्दै नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको माओवादीकेन्द्रका दमक नगर अध्यक्ष कुल बहादुर बस्नेत(रवि)ले जानकारी दिए ।
केन्द्रले अस्पताल ब्यवस्थापन समिति तुरुन्त गठन गर्नु पर्ने ,दमक अस्पताल सञ्चालन गर्न स्थानीय सरकार असफल भएको हुँदाप्रादेशिक अस्पताल निर्माण गर्न तुरुन्त निर्णय गरी सिफारिस गरियोस भन्ने लगायत माग ज्ञापन पत्रमा उल्लेख छ ।
नगर प्रमुख थापाले भने माओवादी केन्द्रको मागप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै समस्या सामधान गर्न पहल गर्ने बताएकाछन् ।
अस्पताले दिने सेवामा चरम लापरवाही हुने गरेको, ल्याव बन्द रहेको र स्वास्थ्य बीमाबाट पाइने औषधिसमेत नपाएको भन्नेसेवाग्राहीको गुनासो बारम्बार आएकाले आफूहरुले जनताको समस्यालाई चुप लगेर हेरिरहन नसक्ने भन्दै संघर्षमा उत्रनु परेकोकेन्द्रका नगर इन्चार्ज गौतमको भनाइ छ ।
माओवादी केन्द्रले बिहीबार नै दमक अस्पतालमा पुगेर अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर निरज आचार्यलाई सोही ज्ञापनपत्रको बोधार्थ बुझाएको बताइको छ ।
माओवादी केन्द्रले गत जेठ २६ गते पनि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको जनाएको छ ।


