adv

दमक उद्योग बाणिज्य संघको ३१ औं साधारण सभा आज, माघ ६ गतेका लागि निर्वाचन मिति प्रस्ताव

२२ पुष, दमक ।

दमक उद्योग बाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा आज शुक्रबार हुँदैछ ।

संघले आह्वान गरेको सार्वजनिक सूचना अनुसार आज हुने ३१ औं वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग बाणिज्यमहासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गर्ने कार्यक्रम छ ।

यस वर्षको साधारण सभा चुनावी साधारण सभा समेत भएको हुनाले उद्योगी व्यापारीहरुबीच चुनावी सरगर्मी बढेर गएको बताइन्छ ।

दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न हुने आजको उद्घाटन समारोहको निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको  दमकउद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिएका छन् ।

बिहान ११ बजेबाट सुरु हुने ३१ औं वार्षिक साधारण सभाका बीच संघले विभिन्न कार्यक्रम आयोजना गर्ने वरिष्ठ उपाध्यक्ष एवम्साधारण सभा मूल आयोजक समितिका संयोजक गोपाल गुँरागाईले बताए ।

गुँरागाईले दिएको जानकारी अनुसार आजको साधारण सभाको बन्द सत्रमा आगामी कार्यकालको लागि नयाँ समिति चयनका लागिनिर्वाचनको मिति माघ ६ गतेका लागि प्रस्ताव गर्ने संघको तयारी छ ।

२५ सदस्यीय कार्य समिति रहने संघमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, प्रथम, द्वितीय, तृतीय र महिला उपाध्यक्ष १–१ जना गरी ६पदाधिकारीको लागि निर्वाचन हुने छ भने निवर्तमान अध्यक्ष पदेन पदाधिकारी हुने वैधानिक व्यवस्था छ ।

त्यसैगरी महिला सदस्य २, वस्तुगत सदस्य ७, खुल्ला सदस्य ६, जना सदस्य पदका लागि निर्वाचन हुनेछ ।

त्यसैगरी लेखा समिति संयोजक १ र सदस्य २ का लागि पनि निर्वाचन हुनेछ ।

निर्वाचित समितिको बैठकले १ महिलासहित ३ सदस्य मनोनित गर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु