२७ पुष, काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले नेपालको कर्मचारीतन्त्रलाई कार्यमुखी बनाउनुपर्नेबताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सुनसरी क्षेत्र नम्बर १ का सांसदसमेत रहेका राईले कर्मचारीतन्त्रले प्रकृया मात्रै खोज्दा समस्याभएको हुँदा अब कार्यमुखी जनप्रशासन आवश्यक भएको बताएका हुन् ।
देशको पुँजीगत बजेट (विकास खर्च) ७० प्रतिशतभन्दा बढी खर्च हुन नसकेको जिकिर गर्दै राईले भने -‘राजश्व उठेन, पैसाकै अभावभएर काम गर्न सकिएन भने एउटा कुरा हो । तर भएको पुँजीगत बजेट पनि ७० प्रतिशतभन्दा बढी खर्च गर्न सकेको देखिदैन ।’
देशको अर्थतन्त्रमा चुनौतीहरु रहेको, वेराजगारी समस्या यथावत रहेको र बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको चर्चा गर्दै उनलेनवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ नेतृत्वको सरकारले विद्यमान समस्या समाधान गर्न सफल हुने अपेक्षा राखेरविश्वासको मत दिइएको दावी गरे ।
‘हामीले हिमाल, पहाड, मधेस सबै ठाउँका जनताहरुलाई पहिचान, सम्मान, समानता दिने कुराको प्रत्याभूति गर्दै राष्ट्रिय एकतालाईसुदृढ गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ राईले भने ।
संविधानमा व्यवस्था भएबमोजिम अल्पसंख्यक तथा सीमान्तकृत जाति र समुदायका लागि स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रनिर्माण गर्न तयार पारिएको कानुनको मस्यौदा नै अगाडि नबढेकोको बारे उनले संसद् बैठकमा गुनासो पोखे ।
संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारहरुलाई बढी जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन गर्नुपर्ने राईको धारणाथियो ।


