adv

दाहाललाई प्रचण्ड बहुमत, पाए ९७.४५ प्रतिशत सांसदको समर्थन

२६ पुष, दमक ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले २ सय ७५ मध्ये ९७.४५ प्रतिशत अर्थात २ सय ६८ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् ।

संसद्मा मंगलबार २ सय ७० सांसद मतदान प्रक्रियामा सहभागी थिए । विश्वासको मतको विपक्षमा अर्थात ‘हुन्न’ भन्ने पक्षमा २ मत मात्रै परेको सभामुखको आसनमा रहेका जेष्ठ सांसद पशुपति शमशेर जबराले जानकारी दिए ।

जबराले संसद्मा संविधानको धारा ७६ को उपधारा ४ अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएको घोषणा गर्दा सांसदहरुले कर्कर ध्वनीका साथ समर्थन गरेका थिए ।

संसद्को अर्को बैठक आगामी माघ ५ गते विहीबार बस्नेगरी स्थगन भएको जबराले जानकारी दिएका छन् ।

उनले उक्त दिन नै सभामुखको निर्वाचनका लागि तालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु