adv

माङसेबुङ गाउँपालिकाद्वारा कृषकहरुलाई उन्नत जातको आलुको बीउ निशुल्क वितरण

गाउँपालिका अध्यक्ष हेमन्त राई आलुको बीउ वितरण गर्दै

माङसेबुङ माङसेबुङ गाउँपालिकाले कृषकहरुलाई खुमलसेतो जातको आलुको बीउ निशुल्क वितरण गरेको माङसेबुङगाउँपालिका वडा नं. पञ्चमी बजारमा कृषि विकास शाखा माङसेबुङको आयोजनामा शनिबार एक कार्यक्रम गरी कृषकहरुलाई उन्नतजातको आलुको बीउ वितरण गरेको हो

उपस्थित कृषकहरुमध्ये जेष्ठ कृषक माङसेबुङ निवासी ८३ बर्षीय फुलश्वरी राईलाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेकामाङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आलुको बीउ प्रदान गरि बीउ वितरण कार्यक्रमको उद्घाटन गरिएको थियो

माङसेबुङ गाउँपालिकालाई कृषिको क्षेत्रमा समृद्ध बनाउन गाउँपालिकामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजनाका साथ अघिबढिरहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए गाउँपालिकाको भुगोल अनुसार माटो सुहाउने योजनाहरु तय गरिएको अन्यवडाहरुको लागि एबोकार्डो बिरुवा वितरण लगायतको कार्यक्रमहरु रहेको अध्यक्ष राईले बताए

आलुको बीउ वितरण गर्दै पालिका उपाध्यक्ष विनोद नेम्बाङ

माङसेबुङ गाउँपालिका कृषि तथा पशुपालनको राम्रो सम्भावना भएको भुगोल रहेकोले यस शीर्षकमा रकम वृद्धि गरिदै लगिएकोपालिका उपाध्यक्ष विनोद नेम्बाङले बताए पशु विकास क्षेत्रमा उन्नत जातको गाईको बाछि वितरण गर्ने कार्यक्रमहरु रहेछ जसकालागि कृषकहरुको लागत साझेदारीमा वितरण गरिने उपाध्यक्ष नेम्बाङले बताए

माङसेबुङ गाउँपालिका वडा नं. को माथिल्लो क्षेत्रका सय ३६ जना कृषकहरुलाई आलुको बीउ वितरण गरिएको कृषि विकासशाखा अधिकृत सुरज अधिकारीले बताए

कृषि तथा पशु क्षेत्रको विकासका लागि पालिकाले यस वर्षबाट दुध, स्कूस, कफि, पहेली दाल, बाँस केरा खेति कृषकहरुका लागिप्रोत्साहन कार्यक्रम समेत सुरु गरेको

माङसेबुङ गाउँपालिका वडा नम्बर का वडाध्यक्ष प्रदिप साम्पाङको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङ, कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई (रुङमाहाङ), वडा नम्बर कावडासदस्य द्वय, खगेन्द्र खड्का दिवस राई, कृषि विकास शाखा अधिकृत सुरज अधिकारी, सहायक अधिकृत निरुपा राई लगायतकोउपस्थिति रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु