adv

किताबका कुरामा ‘एकान्त भिड’, कदम छैठौं वर्षमा

२९ पुष, दमक ।

बाहिर हुस्सुको साम्राज्य यथावत् नै छ। नेपथ्यमा नानिहरु यताउता गरिरहेका छन्। घरिघरि आकाशतिर हेरिरहेका झैँ देखिन्छन्उनिहरु। सायद पारिलो  घामको स्पर्श खोजिरहेका हुँदा हुन्

खुला प्राङ्गणमा भक्का पकाउने माटोको भाँडोमा पानी उम्लिरहेको छ। बिहीबार कदम थिएटर दमक परिसरमा देखिएको आजकोदिवा दृश्य हो यो

कदम थिएटरले रंगमञ्च ईतर गर्ने नियमित कार्यक्रम अन्तर्गतकिताबका कुरामा कवि अमृत क्षेत्रीकृत एकान्त भिड को चर्चा सम्पन्नभएको छ। पृर्खौली घर पर्वत भएका अमृत क्षेत्री अहिले पोखरामा रहेर साहित्य सिर्जना गरिरहेका छन्। २०७८ सालमा प्रकासनभएको पुस्तकएकान्त भिडकविको पहिलो कृति हो

पुस्तक परिचर्चा कार्यक्रम अन्तर्गतएकान्त भिडमाथि केन्दृत रहेर कविसँग सुमन लिङ्देनले साहित्य अन्तरकुन्तरका कुराहरु भएका थिए।

समकालीन साहित्यको अनुहार, साहित्य सिर्जना, कवि तथा कविताको भाषा आदि विषयमा केन्द्रीत रहेर गरिएको कार्यक्रमा सोही कवित संग्रहबाट रंगकर्मी भरत गुरागाई, कवि प्रकाश शर्मा अधिकारी कवि सपना लिम्बूले कविता बाचन गरेका थिए

करिव एक घण्टासम्म चलेको कार्यक्रममा कदम अध्यक्ष एवम् वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, सिर्जनशील अराजकता अभियन्ताएवम् कवि हाङयुग अज्ञात, स्रष्टाहरु सुन्दर कुरूप, लोकेन्द्र बन्जरा, कृष्ण काश्यप, बिराट किराती, सुनिता तामाङ लगायतकोसहभागिता रहेको थियो।


कदमको कदम छैठौं वर्षमा

पूर्वको दमकमा रहेकोकदम थिएटरले रंगमञ्च, साहित्य, कलासँग सम्बन्धित कार्यक्रमहरु नियमितरूपमा गरिरहेको छ।

पुष २८ गते नै कदम थिएटरको छैठौं वार्षिकोत्सव रहेको थियो।

सोही अवसरमा रंगकर्मी तथा नाट्यनिर्देशक सिजन दाहालले कदम थिएटरमा भईरहेको सिर्जनाको गतिविधिहरुवारे छोटो चर्चागरेका थिए।

कदमले हालसम्म वटा राष्ट्रिय नाटक महोत्सवमा सहभागिता जनाइसकेको भने वटा नाटक मञ्चन गरिसकेको

समुदायमा आधारित प्ले ब्याक, कचहरी चेतनामूलक सडक नाटक, अभिनय कक्षा सञ्चालन गरिसकेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु