१ माघ, दमक ।
किरात भवन रायालि सेवा संघले येले सम्बत् ५०८३ को अवसरमा शुभकामनाआदान प्रदान कार्यक्रम गरेको छ ।
आइतबार किरात भवनमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम माजनप्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा र जातीय संस्थाकाप्रतिनिधिलगायत सहभागी थिए ।
किरात हाङ यलम्बरको स्मृतिमा थालिएको यले सम्बत् बारे प्रकाश पार्दै रायालिसंघका उपाध्यक्ष मच्छिन्द्र याक्खाले कलियुग प्रारम्भ भएको ४० वर्षपछि किरातवंशले नेपालमा शासन प्रारम्भ गरेको ऐतिहासिक मान्यता बारे चर्चा गरे ।
कार्यक्रमका प्रमुख अतिथि रहेका दमक वडा नम्बर ७ का वडा अध्यक्ष भीमपौडेलले नेपालका मौलिक चाड र सम्बत् संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरतादिनुपर्ने जिकिर गरे ।
भावी सन्ततीका लागि मौलिकता बचाउन आवस्यक रहेको सुझाव दिँदै पौडेललेयस किसिमका कार्यक्रमको निरन्तरताका लागि वडाबाट सक्दो सहयोग गर्नेप्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा किरात यायोक्खाका केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ, फोनिजकासंघीय उपाध्यक्ष कमन देवान, आदिवासी रंगशालाका महासचिव दिपेन बालाराई, दमक रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष प्रकाश बुढाथोकी, आदिवासीमहिला सञ्जालकी संयोजक सुमित्रा वाङ्देल राई, अधिवक्ता दिलबहादुरइङ्नाम, यायोक्खा दमक अध्यक्ष बसुदेव राईलगायतले शुभकामना व्यक्त गरेकाथिए ।
कार्यक्रमका वक्ताले मौलिक यले सम्बतको संरक्षण र प्रवर्द्धनका लागिसामाजिक स्वीकार्यता वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै, राज्य र सरोकारवाला निकायहरुले मौलिक चाड प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रमका बीच सहभागीहरुलाई किराती परिकार सेल रोटी, तरुल, फिलिङ्गेको अचार वितरण गरिएको थियो ।


