मनकुमार गदाल
१ माघ, दमक ।
मगर समुदायको राष्ट्रिय चाड माघे सकराटी (संक्रान्ति) झापाको दमकका पनि भव्यताका साथ मनाइएको छ ।
झापाको दमक ३ स्थित गोलाटारमा मगर र गैरमगर समुदाय भेला भएर शुभकामना आदान प्रदानसहित विभिन्न परिकारहरु खाएरमाघे संक्रान्ति पर्व मनाएका हुन् ।
जातीय पोशाकमा सजिएका मगर महिला, पुरुष र गैरमगर समुदायबीच तरुल ,सेलरोटी ,लड्डु, चाकु लगायतका परिकार खाएर पर्वमनाइएको हो ।
कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम थापाले सबै समुदायले मनाउने चाड पर्वप्रति सामाजिक सद्भाव कायम गर्नु पर्नेबताए ।
मगर समुदायको पर्वलाई अको समुदायले सहिष्णु भावले स्वीकार गर्नुपर्ने भन्दै प्रमुख अतिथिसमेत रहेका थापाले उच्च शिक्षाअध्ययन गर्दै गरेका ४ जना छात्राहरुलाई मगर संघ दमक नगर समितिसँगको सहकार्यमा एक साताभित्र ४ थान साइकल उपलव्धगराउने घोषणा गरे।
कार्यक्रमका विशेष अतिथि सत्यहाङ्गमा कोलेनी दमकका कार्यकारी निर्देशक फर्सबहादुर काउछा मगरले लोप हुँदै गएको मगरसमुदायको पर्व संस्कार ,संस्कृतिको संरक्षण गर्दै आउँदो पिढीलाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिए।
संस्कार, संस्कृति रहे मात्र समुदायको अस्तित्व कायम रहने उनको भनाइ थियो ।
मगर संघको नगर समिति दमक अध्यक्ष वेद थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मगर महिला संघ केन्दीय सचिवखेमकुमारी आले मगरले स्वदेश तथा विदेशमा रहेका मगर समुदाय सबै एक हुनु पर्ने बताइन् ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रान्तीय सदस्य लिला थापा मगरले चाड पर्व र धर्मले समाजलाई सही दिशा निर्देश गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मगर जातीका ज्येष्ठ सदस्यहरु १०३ वर्षीया नरमाया सोराली मगर र १ सय वर्षीय चिनबहादुर एक्खी मगरलाई दोसल्लाओढाएर सम्मान गरिएको सामाजिक अगुवा धनमाया थापा मगरले जानकारी दिइन् ।
कार्यक्रममा मगर संघ दमक नगर समिति दमकको जग्गा खरिद गर्न सहयोग गर्ने सगरमाथा आयल सेन्टर दमकका सञ्चालकटिकराम पिठाकोटे मगर, सत्यहाङ्गमा कोलेनीका निर्देशक काउछा मगर, सामाजिक अगुवा धनमाया मगर, जंगबहादुर सिंजालीमगर लगायतका २५ जना मगर अगुवा कार्यक्रमका बीच सम्मानित भए ।


