adv

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड

२ माघ, दमक ।

 

 

भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधात्मक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताइएको

झापाको दमक नगरपालिकामा सोमबार आयोजित २५ औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा यस्तो बताइएको हो

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि चालक दलका सहित ६८ जना यात्रीको मृत्यु भएपछिनेपाल सरकारले सोमबार शोक विदा घोषणा गरेकाले औपचारिक कार्यक्रम भने नगरिएको दमक नगरपालिकाका प्रमुख राम कुमारथापाले जानकारी दिए

दमक नगरपालिकाले आजै अनलाइन घर नक्सा प्रणालीको उद्घाटन गर्नेसमेत कार्यक्रम रहेको थियो

कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईं, पूर्व नगर प्रमुख रोमनाथ ओली, माओवादी केन्द्रका प्रदेशकोषाध्यक्ष गगन पुरी,  दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक का वडा अध्यक्ष भीमप्रसाद पौडेल,  दमक का वडा अध्यक्ष इन्द्र गुरुङ, दमक का वडा अध्यक्ष नवीन बराल, दमक का वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेस), कार्यपालिका सदस्य लोकबहादुर धिमाल, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा अध्यक्ष प्रकाश बुढाथोकी, उद्योग बाणिज्यसंघका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो

भूकमपमा परि मृत्युवरण गरेका आइतबार जहाज दुर्घटनामा परि ज्यान गुमाएकाहरुको स्मृतिमा मौनधारण गर्दै अनौपचारिककार्यक्रम समापन गरिएको थियो

पुराना भवनहरुको रेक्टोफिटिङ आवश्यक

दमक नगरपालिकाका इन्जिनियर अनन्तप्रसाद सेनेहाङले दमकमा २०६९ यता भवन आचार संहिता लागू भएपछि निर्माण गरिएकाभवनहरु भूकम्पको जोखिमबाट सुरक्षित रहेको बताएका छन्

पुराना भवनहरु रेक्टोफिटिङ (प्रवलीकरण) गर्न आवश्यक रहेको देखिन्छ त्यसको निम्ति नयाँ तालिम, ज्ञान सीपको विकास गर्नजरुरी ‘, सेनेहाङले भने

दमक नगरपालिकाले आगामी दिनमा इन्जिनियर, प्राविधिक डकर्मीहरुका लागि रेक्टोफिटिङ सम्बन्धी तालिम उपलव्ध गराउने उनलेबताए

हाल घरको छत माथि ट्रस्ट लगाउने, पिभिसी छानो लगाउने जस्ता प्रचलन बढ्नुमा नगरपालिकाले पुराना भवनहरुमा तला थप्न रोकलगाइनुको परिणाम भएको बताउँदै सेनेहाङले भने  -‘आरसीसी तला थप्नु भन्दा ट्रस्ट उठाएर टिनको छानो वा पिभिसी छानो लगाउनुवजनका हिसाबले पनि सुरक्षित हुन्छ

ट्रस्टका छानो निर्माणका लागि नगरपालिकामा घर नक्सा पास आवश्यक नपर्ने भएकाले पनि पुराना भवनहरुमाथि यस्ता संरचनाबनाउने कार्य बढेर गएको उनको भनाइ

हरप्रहर न्यूजलेट्र्स्टको छानो निर्माणका लागि दमक नगरपालिकाले आवश्यक मापदण्ड कि छैन ? ‘ भनेर राखेको जिज्ञासामाइन्जिनियर सेनेहाङले भने -‘नगरपालिकाले अहिले घरको छतमा निर्माण भैरहेका ट्रस्टको छानो बारे कुनै मापदण्ड नबनाएको त्यसलाई घर नक्सा पासको दायरामा ल्याइनसकेको भए पनि त्यो काम गर्न आवश्यक

पुराना भवनका छत चिरिएर, पानी चुहिएर गर्मीका कारण पनि छतमाथिको भागमा ट्रस्टको छानो निर्माण कार्यले गति लिएको उनकोबुझाइ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु