adv

मेची उद्योग वाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार पौडेल र काफ्लेलाई


मेचीनगर
।झापाको मेचीनगर क्षेत्रका उद्योगी–व्यवसायीहरुको छाता संगठन मेची उद्योग वायिाज्य संघको १८ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा आयोजना गरिएको साधारणसभाको उद्घाटन प्रदेश नं १ का मन्त्री मन्त्री तील विक्रम मेन्याङ्वोले गरेका थिए ।

कार्यक्रममा प्रदेश नं।१ प्रदेशसभा सदस्य सबिना बजगाई, पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगर सभापति शुदय पनेरु, उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य एवम् संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, केन्द्रीय सदस्य उमेश डालमिया, केन्द्रीय सदस्य ताराप्रसाद घिमिरे, संघका पूर्व अध्यक्षहरु केशवराज पाण्डे, विजय डालमिया, पंकजबिक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति थियो ।

सो अवसरमा संघले झापाका दुईजना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कारसहित सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा आर्थिक पत्रिका निर्माणलहर साप्ताहिक तथा निर्माणलहर अनलाइनका सम्पादक एवम् रेडियो नेपालका झापा सम्बाददाता रोहित काफ्ले र जनसंसद अनलाइनका सञ्चालक मुक्तिनाथ पौडेल रहेका छन् ।

उनीहरुलाई जनही १५ हजार नगदसहित प्रमुख अतिथि मन्त्री मेन्याङ्बोले सम्मानपत्र प्रदान गरेका थिए । पत्रकार छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मानित दुबैजनाको सम्मानपत्र वाचन गरेका थिए ।

उद्घाटन समारोहमा स्वागतसहित अध्यक्षको प्रतिवेदन मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु