७ माघ, काठमाडौं । ‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते काठमाडौंमा हुने भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबारकाठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं संस्करण काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने जानकारी दिएको हो ।
‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतकोसिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने आयोजकले जनाएको छ । लिम्बू समुदायको बसोबास रहेको स्थानलाईमध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिमलिम्बूले जानकारी दिए ।
उनका अनुसार नेपालको काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको छ । तर, सिक्किम, दार्जिलिङ,युके र हङकङ भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३०जना युवतीलाई फाइलनका लागि छनोट गरिने आयोजकले जनाएको छ ।
‘मिस लिम्बू’मा पाटिसिपेन्ट हुनका लागि आयोजकले केही निश्चित मापदण्ड तोकेको छ । कार्यक्रमका संयोजक तथा गायक रुकमानलिम्बूका अनुसार प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतिर्ण १७ देखि २६ वर्ष नकटेका लिम्बू समुदायका अविवाहित हुनुपर्ने छ ।
आयोजकले जानकारी गराएअनुसार ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठलेकोरियोग्राफी गर्ने भएका छन् । साथै, उनीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबीआङबुङलगायतले व्यक्तित्व विकासबारे ग्रमिङ कक्षा दिनेछन् ।
यस्तै प्रतियोगितामा विभिन्न १६ वटा सवटाइटल रहने संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार शीर्ष विजेताले नगद ५०हजारसहित स्कुटी पाउनेछ र टाइटल स्पोन्सर सम्मान इन्जिनियरिङ लिमिटेड कम्पनीको ब्रान्ड एम्बासडर बनाइने र कम्पनीमार्फत हङकङभ्रमण गराइने छ ।
यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफ विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, ‘मिसलिम्बू’को शीर्ष विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधैप्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष भिम लिम्बूको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ,समाजसेवी याड्ंजोम शेर्पा, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ, तथा पूर्वमिस लिम्बूहरुलगायतको उपस्थिति रहेको थियो ।