adv

प्रतिबन्धित लागुऔषध सहित बिर्तामोडबाट २ जना पक्राउ

१६ माघ,झापा । झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुका इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राऊ गरेको हो ।

बिशेष सुचनाको आधारमा WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० बर्षीय सन्वाज खानलाई पक्राऊ गरेको छ ।

उनीहरूको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु