adv

जेसीज अभियानमा प्रदेश सरकारको साथ : मुख्यमन्त्री कार्की

१६ माघ, दमक

प्रदेश नम्बर का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेसीजको अभियानमा प्रदेश सरकारले हात्तेमालो गरेर अघि बढ्ने बताएका छन। 

दमक जेसीजको ४२ औँ पद हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन

समारोहका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले नयाँ नेपाल निर्माणका लागि जेसीजकर्मी युवाहरुको सकारात्मक साथ सहयोगको अपेक्षा समेत गरे

कार्कीले भने -‘ युवाहरुको नेतृत्व व्यक्तित्व बिकासमा उदाहरणीय भुमिका खेल्दै आएको जेसीजले समाजमा व्याप्त लागूऔषधकोसमस्या हल गर्न घरघरबाट क्याम्पेनिङ थाल्नु पर्छ

कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक नगर प्रमुख रामकुमार थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुलश्रेष्ठले दमक जेसीजले युवा पुस्तामा नेतृत्व विकास समाज रूपान्तरणका लगि उदाहरणीय काम गरेको प्रसंशा गरेका थिए

आइतबार साँझ सम्पन्न ४२ औँ पदहस्तान्त्ररण कार्यक्रममा वर्ष २०२२ मा जेसीजले गरेका विभिन्न गतिविधिमा सहयोग गर्ने दमक उद्योग बाणिज्य संघलगायत सहयोगी संस्था व्यक्तिहरुलाई सम्मान कदर पत्र प्रदान गरिएको थियो

मुकेश अग्रवाल वर्ष २०२३ को लागि सर्वसम्मत

माघ गते सम्पन्न निर्वाचन प्रकृया अन्तर्गत दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा युवा व्यवसायी मुकेश अग्रवाल सर्वसम्मत चयन भएका निर्वाचन आयु्क्त कमल कटुवालले जानकारी गराए

निर्वाचन आयुक्त कटुवालले अध्यक्षमा अग्रवालसहित दमक जेसीज वर्ष २०२३ को कार्यकारिणी उपाध्यक्षद्वयमा सहदेव भट्टराई राजेन्द्र बिमली चुनिएका छन्

उपाध्यक्षहरुमा राहुल साह, योगेश गौतम, सरोज ढकाल, विनोद भट्टराई, जनसमपर्क अधिकारीमा रुवल अधिकारी, तालिमनिर्देशकमा साजन श्रेष्ठ चुनिएका कटुवालले जानकारी दिए

पदहस्तान्त्ररण समारोहबीच नव निर्वाचित अध्यक्ष अग्रवालले संस्थाको विधानत : महासचिव, सचिव, कोषाध्यक्ष, कानुनीसल्लाहकार, प्रकरण निर्देशक शाखा सम्पादकसहितका पदहरुमा मनोनित गरेका छन्

मनोनित महासचिवमा रामचन्द्र अधिकारी, कोषाध्यक्षमा राजकुमार अग्रवाल (राज), कानुनी सल्लाहकारमा निरोज आचार्य, प्रकरणनिर्देशकमा सन्ध्या अधिकारी सचिवमा सन्देश अधिकारी रहेका छन

निर्वाचन आयुक्त कटुवालले नव निर्वाचित अध्यक्ष अग्रवाललाई सपथ गराए भने अध्यक्ष अग्रवालले बोर्डका अन्य पदाधिकारीहरुलाईसपथ गराएका थिए

दमक जेसीज बर्ष २०२२ का अध्यक्ष सञ्जिब बरालले वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष अग्रवाललाई अध्यक्षको चेन हस्तान्तरण गरे

निवर्तमान अध्यक्ष बरालले २०२२ मा आफनो बोर्डमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्ने बोर्डका पदाधिकारीहरु, पूर्व अध्यक्ष, निर्वाचनआयुक्त लगायत सहयोग गर्ने संघ संस्थाहरुप्रति धन्यवाद व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष अग्रवालले आफनो स्विकार्यमन्तव्य राखेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु