adv

९ केजी सुनसहित केनेडियन नागरिक पक्राउ

१९ माघ, काठमाडौं

एक जना केनेडियन नागरिक केजी सय ३५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्

गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो

विमानस्थल प्रहरीले दिएको जानकारी अनुसार उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब किलो १३५ ग्राम बरामद भएको प्रहरीको भनाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले घटनाको पुष्टि गरेका छन्

एएम २६६५४८ नम्बरको पासपोर्ट बाहक माहगौब फ्लाई दुबईको एफ जेड२५७३ विमानमार्फत गएराति पौने १२ बजे काठमाडौंओर्लिएका बताइएको

उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो स्वास्थ्य परीक्षण गरेर उनलाई बिहीबार बिहान महानगरीयप्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको विमानस्थल प्रहरीको भनाइ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु