१९ माघ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो भन्दाबढी सुनसहित एक यात्रु पक्राउ परेका छन् । ९ किलो १३५ ग्राम काँचो सुनसहित मोहमद कमल महगौबलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको हो ।
दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२१० बजे काठमाडौँ आएका यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने महगौबसँग क्यानडाको पासपोर्ट रहेको छ । महगौब पहिलो पटक नेपाल आएका हुन् ।
उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

