adv

दमकबाट ब्राउन सुगर सहित ३ जना पक्राउ


१९ माघ,दमक। झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वुधबार दिउँसो बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राऊ गरेको हो ।

पक्राऊ पर्नेमा दमक -८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक-२ का२२ बर्षीय बिजय धिमाल रहेका छन्।उनीहरूको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैया, ४ थान मोवायल र को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १-०२-०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल वरामद गरेको छ ।

पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु