१९ माघ, दमक ।
प्रेस चौतारी नेपाल झापा शाखाले आफ्ना प्रथम अध्यक्षलाई अभिनन्दन र अन्य ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारी झापा शाखाले प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्नेभएको हो ।
त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई चौतारीले सम्मान गर्न लागेकोहो । स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने जिल्ला कमिटिको बैठकले निर्णय गरेको चौतारीका झापा अध्यक्ष मनकुमारगदालले जानकारी दिए ।
चौतारीका झापा जिल्ला इन्चार्ज सन्तोष आचार्यको संयजकत्वमा केन्द्रीय सदस्य एवम प्रदेश १ का सह–इन्चार्ज अम्बिका भण्डारी रप्रेस चैतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई बैठकले अनुमोदन गरेकोबताइएको छ ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा माघ २१ गते शनिबार उनीहरुलाई अभिनन्दन र सम्मान गरिने चौतारी झापाशाखाले जनाएको छ ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो कार्यक्रम बिर्तामोडस्थित हेवन वाटर पार्कमाआयोजना हुने छ ।



