
२१ माघ मेचीनगर । मेचीनगरको काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
शनिबार काँकरभिट्टामा होटल हेरिटेजलले पत्रकार सम्मलेन गरेर यहि माघ २६ देखि २८ गतेसम्म ३ दिन कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठका अनुसार बार्षिक उत्सवका अवसरमा माघ २६ गतेका दिन नेपाल भित्रिने पर्यटकलाई बिभिन्न बाजागाजासहित सीमा नाकामा पुगेर स्वागत गर्ने र सांझ गायक यम बरालको सांगितिक प्रस्तुति रहनेछ । त्यस्तै २७ गते नेपाल आइडल सिजन ४ का रनरअप नाम्गेल तामाड्ं र सारेगम लिटल च्याम्पकी बिजेता कृपा पौडेलको सांगितीक प्रस्तुति रहनेछ । त्यस्तै २८ गते भने गजलकार एकल प्रदीप रोदनको एकलगजल वाचन रहनेछ र प्रत्येक दिन जातिय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिनेछ । कार्यक्रममा प्रवेश निःशुल्कराखिएको छ ।
०७६ माघ २६ गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले सो होटलको उद्घाटन गरेका थिए ।

