adv

फोनिज मधेस प्रदेश अध्यक्षमा चौधरी

२२ माघ, बर्दिबास

नेपाल आदिवासी जनजाति पत्रकर महासंघ (फोनिज) मधेस प्रदेशको अध्यक्षमादुश्यन्त चौधरी चयन भएका छन

शनिबार महोत्तरीको बर्दिवासमा आयोजित फोनिजको विशेष प्रदेश भेलालेअध्यक्षमा चौधरीलाई चयन गरेको हो

त्यस्तै उपाध्यक्ष द्वयमा अनिता चौधरी पृया सिंह थारु, महासचिवमा वृजमानतामाङ,  सचिवमा रेनु चौधरी कोषाध्यक्षमा ज्योति मोक्तान चयन भएका छन

त्यस्तै सदस्यहरुमा उदय पाख्रिन (सर्लाही), मनोजकुमार (महोत्तरी), शम्भु चौधरी(पर्सा), शम्भु चौधरी (बारा), बुधन चौधरी (बारा), जितेन्द्र चौधरी (सप्तरी) छन

२१ सदस्यीय प्रदेश समितिका लागि रिक्त सचिव (संस्थागत) सदस्यहरुसमितिको आगामी बैठकले मनोनित गर्ने बताइएको

भेलालाई सम्बोधन गर्दै फोनिज संघीय अध्यक्ष गजुरधन राईले संगठित एकता कृयाशीलताले मात्रै लक्ष्य उपलव्धि प्राप्त हुने बताए

फोनिज प्रदेश समितिलाई संगठानिक कार्यमा द्रुत गतिले लाग्न निर्देशन दिँदैअध्यक्ष राईले फोनिज अभियान थप सशक्त पार्न मधेस प्रदेश समिति चयनकोमहत्त्वपूर्ण भूमिका हुने जानकारी दिए

भेलामा बोल्दै फोनिज वरिष्ठ उपाध्यक्ष   लक्की चौधरीले फोनिजको नीति तथा  विधान सम्मेलनमा जुट्न प्रदेश समिति गतिशील भएर लाग्नुपर्ने बताए

फोनिजकर्मीहरुले आफ्नो मिडियामा समाचार लेखन सम्प्रेषणका अतिरिक्त उत्पीडित समुदायका आवाज मुखरित र अधिकार स्थापित गर्न पनि लाग्नु पर्ने भएकाले आमपत्रकारहरु भन्दा बढी दायित्व वहन गर्नुपर्ने उपाध्यक्ष कमन देवानले बताए

फोनिज मधेस प्रदेशको दोस्रो प्रदेश महाधिवेशन वर्ष अघि पर्साको बिरगञ्जमासम्पन्न भए पनि नेतृत्वमा सर्वसम्मत हुन नसक्दा सो प्रकृया रोक्किएको थियो

मधेस प्रदेश समितिको नेतृत्व चयन प्रकृया टुङ्याउन फोनिज संघीय महासचिवमिलन लिम्बूले सहजीकरण गरेका थिए

प्रदेश अध्यक्ष प्रमेश बादेको अध्यक्षतमा सम्पन्न कार्यक्रम वृजमान तामाङलेसञ्चालन गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु