
२२ माघ,काठमाडौं । गायिका ज्योति मगर सहभागी हुनेसांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थालेबहिष्कारगरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरलेप्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागितानजनाउने निर्णय गरेकोउनीहरुद्वारा जारी संयुक्त वक्तव्यमाउल्लेख छ ।
नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोधगर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमाउल्लेखछ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुनपनि उनीहरुले आग्रह गरेका छन् । मेला महोत्सव र सांस्कृतिककार्यक्रममामगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कलासंस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमाउल्लेख छ ।
यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीतप्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्तापरिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रियजनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्तजनसांस्कृतिकअभियान, अर्घाखाँची सांस्कृतिक परिवार रलोकसंस्कृति संरक्षण अभियन्ता छन् ।(अनलाइनखबरबाट)


