adv

ब्राउन सुगर सहित झापाबाट ५ जना पक्राउ

 

२२ माघ,झापा । झापाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।

शनिवार दिउसो खटिएको प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित घरैबाट झापा कमल गाऊपालिका ३ का ३५ बर्षीय राज कुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित झापा भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थितबाट सोही स्थान सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई र २० बर्षीय संदेश बास्तोला, ५ ग्राम ब्राउन सुगर सहित झापा गौरीगञ्ज गाऊपालिका १ भाङडाँडा स्थितबाट झापा शिबसताक्षी नगरपालिका ६ बस्ने ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ बर्षीय बिकाश श्रेष्ठलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका पाचै जनाको थप अनुसन्धान भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु