adv

कमलका सन्थालले मनाए सोहरार्य पर्व

२३ माघ, दमक ।


झापाका आदिवासी सन्थाल समुदायले आइतबार झापाको कमलमा सोहरार्य पर्व मनाएका छन् ।

झापाको कमल ५ स्थित सावित्रा चोक उत्तरको जंगलमा सन्थाल उत्थान संघ कमल गाउँ समितिले सोहरार्य पर्वको अवसरमा विभिन्न परम्परागत खेल खेलेर र नाचगान गरेका हुन् ।

माघ पूर्णिमाको दिन मनाइने सोहरार्य पर्वमा सन्थाल समुदायबीच तिर हान्ने प्रतियोगिता, थाकलको गुन्द्री बुन्ने प्रतियोगिता र बेलुन फुटाउने प्रतियोगिताको आयोजना गरिएको सन्थाल अगुवा विक्रम किस्कुले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आदिवासी समुदाय अन्तरर्गत सन्थाल समुदायको पहिचान र संस्कृतिको जर्गेना गर्नु पर्नेमा जोड दिए ।

सन्थाल संस्कृतिको संरक्षण र सन्थाल समुदायका अन्य समस्या सामधानका लागि गाउँपालिकाले पहल गर्ने अध्यक्ष राईले आश्वासन दिए ।

गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सन्थाल अभिभावकहरु जागरुक हुनु पर्ने बताइन् ।

सो अवसरमा उपाध्यक्ष तिवारीले कक्षा १२ अध्ययन गरी रहेका ३ जना सन्थाल छात्राहरुलाई नगद १० हजारका दरले आर्थिक सहयोग गरेकी थिइन् ।

सन्थाल उत्थान संघ कमलका अध्यक्ष नारायण मुर्मुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय महासचिव कुन्दन मुर्मुले सन्थाल जातिको १२ वटा थर भएको हुँदा थरको आधारमा नागरिकता दिन नेपाल सरकारसमक्ष माग गरे ।

उनले नागरिकतामा अपहेलित शब्द ‘सतार’ उल्लेख नगर्न र सच्याएर सन्थाल कायम गरिदिन समेत माग गरे ।

कार्यक्रममा संघका झापा जिल्ला अध्यक्ष लखन हेमरुम, कमल वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवाल, कमल मर्डीलगायतले बोलेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु