२४ माघ,माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एम.एफ.सि.दार्जिलिङ भारतबिच प्रतिस्पर्धा हुदैंछ ।
इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा रोयल दमक र एम.एफ.सी. दार्जिलिङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

हिजो भएको खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ ।
मिक्लाजुङ मोरङको जितमा पुर्णिमा राईले एक मात्र गोल गरिन । उनले खेलको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । राई खेलको वुमन अफ द म्याच समेत घोषित भईन ।
फागुन ३ गते सम्पन्न हुने प्रतियोगिता किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको हो ।
जसको विजेताले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

