adv

मेचीनगर ९ मा प्रथम वडाध्यक्ष कप हुने

२४ माघ,मेचीनगर । झापाको मेचीनगरमा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आज मेचीनगर–९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

माघ २७ गतेदेखि फागुन ७ गतेसम्म आयोजना हुने प्रतियोगितामावडाको ९ वटा टोलका माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ वटा टिमबीच प्रतिस्पर्धा हुने युवा खेलाडीहरुको सहभागिता रहने वडा न ९ खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजेन खड्काले बताए ।

प्रतियोगिताका विजेतालाई नगद ४० हजार र उपविजेतालाई २५ हजार राशिसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने समितिका सचिव राजु धिमालले बताए । साथै म्यान अफ द सिरिज,बेस्ट गोल किपर र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिव दुई लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताका लागि समितिलाई एक लाख ५० हजारको वजेट छुट्टाइएको पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कञ्चनकुमार तामाङले बताए । उनले वडाका युवाहरुलाई खेलकुदको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय राख्दै मैत्रीपुर्ण सम्बन्ध कायम र सकारात्मक सोच्न प्रेरित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु