adv

बिर्तामोडमा अण्डा र कुखुरा सडकमा फ्याँकी बिरोध

२४ माघ,बिर्तामोड । झापाका किसानहरुले बिर्तामोडमा अण्डा र कुखुरा फ्याँकेर बिरोध जनाएका छन् । उनीहरुले उत्पादित बस्तुको उचित मूल्य नपाएको भन्दै अण्डा र कुखुरा सडकमा फ्याँकेर बिरोध गरेका हुन् ।

किसानहरुले २० काटुन अण्डा र एक हजार लेयर्स कुखुरा सडकमा फ्याँकेको किसान भरत चौलागाईंले बताए ।

हाल बजारमा एउटा अण्डाको मूल्य रु १५ रहेको छ । किसानहरुले एउटा अण्डा उत्पमदन गर्न रु ११ दशमलव २० पैसा खर्च हुने तर बिचौलियाले रु ८ नाफा माग्ने गरेको चौलागाईंले बताएका छन् । उनी भन्छन् ‘ऋणको ब्याज बढेर तनाव छ, विहानैबाट बैंकको फोन आउँछ । नाफा जति सबै बिचौलियालाई ठिक्क छ ।’

सरकारले किसानहरुको समस्याप्रति चासो नदेखाए पछि यो आन्दोलन गरिएको किसानहरुले बताएका छन् । उनीहरु भन्छन् ‘चार प्रतिशतमा लिएको कृषि कर्जा नौ प्रतिशतको भइसकेको छ तर सरकार किसानलाई जोगाउन पहल गर्दैन । हामीप्रति सरकारलाई चासो नभएकाले सरकारको ध्यानाकार्षण गराउन यो आन्दोलन गरेका हौं ।’

किसानहरुले सुगुर र कुखुराको मासुले पनि उचित मूल्य नपाएको र दुधमा पनि बिचौलियाले चलखेल गरेर उनीहरुले घाटा खेप्नु परेको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु