adv

पवित्रहाङमा कप:फराकिलो अन्तरले दमकलाई हराउंदै एफ.एफ.सी. दार्जिलिङ भारत बिजेता

२४ माघ, माङसेबुङ। माङसेबुङमा जारी ‘पवित्रहाङमा कप २०७९’ मा पाहुना टोली एफ.एफ.सी. दार्जिलिङ भारतले रोयल स्पोर्टिङ क्लब दमकलाई हराएको छ। मंगलबार भएको खेलमा ५-१ गोल अन्तरले दमकलाई हराएको हो ।

खेलको पहिलो हाफमा भारतकी खेलाडी सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई फराकिलो अन्तरले बिजयी गराईन् । दोस्रो हाफको पहिलो सान्तवना गोल दमकको तर्फबाट मेनुका आलेमगरले गरिन् । त्यसपछि पाहुना टेलीकै सोनिया मारक र सुस्मिता लेप्चाले एक-एक गोल गर्दै टिमलाई जित दिलाए ।

किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको आयोजित प्रतियोगितामा बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी, र गाइघाट फुटबल क्लब उदयपुरबीच खेल हुनेछ ।

खेलका विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु