adv

त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल

२५ माघ,चारआली । त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल निर्विरोध निर्वाचित भएकी छिन् ।

आज भएको प्राध्यापकहरुको भेलाले उनीसहित इकाई कार्य समिति चयन गरेको हो ।

समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्याय रहेका छन् ।

सभापतिमा निर्वाचित दाहाल नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष र प्रेस चौतारी नेपालकी केन्द्रीय विभागीय सदस्य समेत हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु