
२५ माघ,माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी विजयी भएको छ ।
बुधबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले परजित गर्दै माउण्ट एभरेष्ट सुनसरी बिजयी भएको हो ।
खेलको पहिलो मिनेटमा नै सुजता घलानले गोल गर्दै उदयपुरलाई अग्रता दिलाईन् । त्यसपछि खेलको दोस्रोहाफमा इमा राईले फ्रिकिक्बाट सुन्दर गोल गर्दै सुनसरीलाई बराबरीमा फर्काइन् ।
त्यसपछि खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक-एक गोलको बरा बरीमा रोकिएपछि नतिजा ट्राइब्रेकरमा धकेलिएको हो ।
ट्राइब्रेकरमा माउण्ट एभरेष्ट सुनसरीको जितमा इमा राई, झिना बिष्ट, पवित्र राई र कल्पना कार्कीले गोल गरिन् भने आशा लिम्बूको प्रहार उदयपुरका गोलकिपर झरना राईले बचाउ गरिन् ।
यस्तै गाइघाट उदयपुरका लागि भने मनिसा थापा मगर, समिक्षा मगर र मनिता तामाङले गोल गरिन् भने सुजिता घले र जेनिफोर रानामगरको प्रहारलाई सुनसरीका गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गरिन् ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि बिहिबार कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलामबिच खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

