२६ माघ, दमक ।
संविधानसभा सदस्य मोहन टुडुलाई मातृशोक परेको छ ।
नेकपा (माओवादी केन्द्र) झापा सचिव समेत रहेका टुडुकी ७४ वर्षीया आमा दुलारी टुडुको उपचारका क्रममा आज बिहीबार बिहान५:१३ बजे को समयमा मेची प्रदेशिक अस्पताल भद्रपुरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार झापा हल्दीबारी गाउँपालिका वडा नम्बर २ मा स्थायी बसोबास गर्दै आएकी स्वर्गीय टुडु लामो समयअघिदेखि दम, प्रेसर र मुटुलगायत रोगबाट ग्रसित थिइन ।
उनको बिहीबार नै सन्थाल परम्पराअनुसार स्थानीय देउनीया खोलामा अन्त्येष्टि गरिने माओवादी केन्द्रका प्रदेश १ कोषाध्यक्ष गगन पुरीले जानकारी दिएका छन ।
स्वर्गीय टुडुका पतिको करिब ६ वर्ष अघि नै निधन भैसकेको बताइएको छ ।
मोहनसहित उनको ३ जना छोरा बुहारीलगायत नातिनातिना छन ।


