adv

साफ महिला यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

२५ माघ,काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफ महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज(बिहिबार) नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५-० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।

भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश बिचको खेल रोमाञ्चक हुने खेलप्रेमीहरुले जनाएका छन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु