२६ माघ,झापा । झापाको मेचीनगर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधवार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ४० बर्षीय विरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

