२६ माघ,मेचीनगर । पुर्वी नाका काँकडभिट्टा स्थित होटल हिकोला हेरिटेजले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा तीन दिवसीय कार्यक्रमको उद्घाटन गरेको छ।
आयोजकले भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकलाई बाजागाजा र नाचगानसहित स्वागत गर्दै होटल हिकोलाले वार्षिक कार्यक्रमको उद्घाटन गरेको हो ।
होटल परिसरमा आयोजित समारोहका बीच प्रदेशसभा सदस्य गोपाल तामाङले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटनपछि होटल व्यवस्थापन लाखे नाचसहितको सांस्कृतिक टोली लिएर नेपाल भित्रिने पर्यटकको स्वागत सत्कारका लागि मेची पुल पुगेको थियो ।
२०७६ माघ २६ गते स्थापना भएको होटल हिकोला हेरिटेजको यो तेस्रो वार्षिकोत्सव हो । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले यस अघि होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको होटलले अतिथि पाहुनालाई सीमा नाकामा पुगेर स्वागत गरेको सञ्चालक देवीभक्त श्रेष्ठले बताए ।
व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठ आफैँ नाचगानसहित नेपाल भित्रिने पर्यटकको स्वागतका लागि सीमा नाकामा पुगेका थिए ।
पर्यटन्,व्यवसाय ,सामाजिक अगुवाहरू,अभियन्ताहरू,राजनितिक वय्क्तित्हरू,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार,साहित्य चौतारीका कलाकर्मीसहितको टोली स्वागत कार्यक्रममा सहभागी भएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै मेचीनगरका पूर्व मेयर विमल आचार्यले पर्यटनको महत्व बुझेर होटलका सञ्चालक श्रेष्ठले समाजलाई मार्गदर्शन गरिरहेको भन्दै प्रशंसा गरे । कार्यक्रमको पहिलो दिन सरोकारवालाले पर्यटनको महत्वका विषयमा छलफल गरेका छन् ।
वार्षिकोत्सवलाई संगीतमय बनाउने उद्देश्यले पहिलो दिनको सांझ गायक यम बरालले आफ्नो सांगितीक प्रस्तुति दिएका थिंए ।
। उनले आफ्ना चर्चित गीतहरू ‘बादलुको घुम्टोले इलाम बजार छोपिदाँ’, ‘अब चोटहरुले पिरोलदैन् मलाई’ , ‘निष्ठुरीले छाडेर गईहाली’ , ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’, ‘माया बस्यो मुटुमा मायाको मिठास ‘आदी गीतहरूले उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए।