adv

निजामती ऐन संसदमा ल्याउन विज्ञहरुको राय लिँदै मन्त्रालय

२७ माघ, काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनलाई अन्तिम टुंगो लगाउने कामलाई तिब्रता दिएको

संसदको जारी अधिवेशनमा संघीय निजामती ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आजशुक्रबार दोस्रो पटक विज्ञहरुसँग परामर्श गरेका छन्

मन्त्रालयले शुक्रबार संघीय मामिला निजामती कर्मचारी प्रशासनका विज्ञहरुसँग छलफल गर्ने क्रममा बबरमहलस्थितपिएलजिएसपीको कार्यालयमा पूर्वसचिवहरुसँग परामर्श गरेको हो

छलफलमा पूर्वसचिवहरु मधुरमण आचार्य, डा. मानबहादुर विके, विमल वाग्ले, बालकृष्ण प्रसाई, कृष्णहरी बास्कोटा शंकरअधिकारी सहभागि थिए

पूर्वसचिवहरुले संघीयता कार्यान्वयनका लागि निर्णायक मानिएको संघीय निजामती ऐन कार्यान्वयनमा ल्याउन ढिला भएको उल्लेखगर्दै समयसापेक्ष बनाएर अघि बढाउन सुझावहरु दिएको मन्त्री मोदीको सचिवालयले जनाएको

नेपालमा संघीयता लागू भएपनि संघीय निजामती ऐन, संघीय प्रहरी ऐन जस्ता कानुन नबन्दा संघीयता कार्यान्वयनमा चुनौती देखापर्नेगरेको

सोही संवेदनशिलतालाई मध्यनजर गर्दै मन्त्री मोदीले आफ्नो कार्यकालमा संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएकोनिजामती ऐन ल्याउने बताएका थिए

मन्त्रालयले यस अघि तयार भएको मस्यौदालाई संघीयता कार्यान्वयनको अहिलेसम्मको अनुभव, विकसित नयाँ घटनाक्रम नेपालको आवश्यकतालाई आधारमा मानेर परिमार्जनसहित ऐन ल्याउने गृहकार्य गरेको हो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री मोदीकै नेतृत्वमा कार्यदल गठन गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिनलागेको

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले समेत संघीय निजामती ऐन संसदको जारी अधिवेशनमा नै टेवल गर्ने वातावरण बनाउनमन्त्री मोदीलाई निर्देशन दिइसकेको बताइन्छ

नेपालको संविधान निर्माण, प्राकृतिक विपत्तिमा महत्वपूर्ण साहायता गर्दै आएका युएनडिपि लगायतका विभिन्न विकास साझेदारनिकायहरुले पनि मन्त्री मोदीसँगको भेटमा संघीय निजामती ऐन जारी गर्ने विषयमा चासो राख्ने गरेका छन्

यस अघिको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पनि संघीय निजामती ऐन मस्यौदा गर्नपहल गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु