२ फागुन, चुलाचुली ।
इलामको चुलाचुली वडा नम्बर ४ मा सोमबारदेखि ३ दिने नेतृत्व विकास तालिमसुरु भएको छ ।
चुलाचुली वडा नम्बर ४ को सहयोगमा युवा लक्षित नेतृत्व विकास तालिम सुरुभएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै वडा नम्बर ४ की वडा सदस्य विष्णु मायागजनेरले युवा पुस्ताले आफूसँग भएको जोस र उर्जालाई रचनात्मक ढङ्गलेउपयोग गराउन उनीहरुको क्षमता अभिवृद्धिको लागि नेतृत्व विकास आवश्यकरहेको बताएकी छन ।
युवालाई लागू औषधको कुलतबाट मुक्त राखेर समाज र देशको भरोसाका रूपमाविकास गर्नुपर्नेमा जोड दिँदै अर्का वडा सदस्य निरबहादुर राईले वडा कार्यालयलेयुवामैत्री कार्यक्रम बनाएको बताएका छन ।
चक्रबहादुर गजमेरको अध्यक्षतमा सुरु भएको तालिमको उद्घाटन सत्रमा सुदेश खावाहाङ राईको सञ्चालन रहेको थियो ।
२० जना महिलासहित ४० जना भन्दा बढी सहभागी रहेको सो तालिमलाईसहजकर्ता एवम फोनिज संघीय उपाध्यक्ष कमन देवानले सहजीकरण गर्दैछन ।


