adv

२८औं जनयुद्ध दिवस माङसेबुङमा मनाइयो

माङसेबुङ । नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र माङसेबुङ गाउँ कमिटीले २८अौ जनयुद्ध दिवस माङसेबुङ-३ स्थित चतुरेमा मनाएको छ । तत्कालिन माओवादी पार्टीले फागुन १ गते देखि सुरु गरेको जनयुद्धको दिनलाई संघीय सरकारले पहिलो पटक जनयुद्ध दिवसको सार्वजनिक विदा दिएको हो ।

माङसेबुङ गाउँ कमिटी अध्यक्ष पृथिमान चवेगुको अध्यक्षतामा सञ्चालन भएको औपचारिक कार्यक्रममा प्रदेश-१ कमिटी सचिवालय सदस्य तथा ईलाम जिल्ला सह-ईन्चार्ज राम राई प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथि प्रदेश १ कमिटी सदस्य तथा ईलाम जिल्ला संयोजक विजय खम्बु, अतिथिहरुमा प्रदेश १ कमिटी सदस्य तथा माङसेबुङ इन्चार्ज जनम खम्बु, प्रदेश १ एकिकृत अखिल नेपाल शिक्षक संगठन सदस्य गोपाल खजुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गाउँ कमिटी सह-सचिव शुरेस राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा गाउँ कमिटी सचिव भुपाल योङहाङले सञ्चालन गरेका थिए ।

कार्यक्रमको अवसरमा बिभिन्न पार्टी परित्याग गरी बुद्धि बहादुर राई, अशोक कुमार राई, संजिव राई, सन्त कुमार राई, रुपमान राई, शिव कुमार राई, बिबराज राई, राज कुमार योङहाङ, रैते राई, भगिराज थेगिम, शुखमान राई, शुशिला देवान, रुपा देवी राई, प्रसाद राई र केबिहाङ राई लगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु